ताजा अपडेट :

बहत्तर लाखको लागतमा सडक मर्मत

बहत्तर लाखको लागतमा सडक मर्मत
    म्याग्दी २७ असोज
म्याग्दीको पोखरेबगरदेखि चित्र जोड्ने सडक मर्मतका लागि रु ७२ लाख खर्च भएको छ ।     पर्यटकीय स्थल घोडेपानी जोड्ने उक्त सडक सुधारका लागि जिल्ला विकास समितिले गत आर्थिक वर्षमा सडक बोर्डअन्तर्गतको दुई, जिविस अनुदान र गाविसको संयुक्त लगानीबाट एक वटा योजना सञ्चालन भएको थियो । जिल्लाकै जोखिमयुक्त र कष्टकर मानिने १० किलोमिटर दूरीको उक्त सडक मर्मत पछि सुधार भएको हो । विभिन्न प्याकेजमा सडक फराकिलो पार्ने, नाली बनाउने, ग्रेड मिलाउने, सोलिङ गर्ने र ग्याबिन पर्खाल लगाउन लगायतका काम गरिएको जिविसका प्राविधिक कमल चोखालले बताउनुभयो ।

प्रमुख समाचार

भिडियो संग्रह