ताजा अपडेट :

व्यावसायीले मनपरी भाडा लिएको गुनासो

व्यावसायीले मनपरी भाडा लिएको गुनासो

चाड पर्व संगै यातायतमा हुने मनपरी भाडादर तथा चाप हुँदा यात्रुहरु मर्कामा परेका छन् । बागलुङदेखि कुश्मा एवं देशका विभिन्न स्थानमा छुट्ने सवारी साधनले मनपरी भाडा लिने गरेको यात्रुहरुको गुनासो छ । सार्वजनिक सवारी साधनमा यात्रुले सरकारले निर्धारण गरेको निश्चित शुल्क तिरेपछि सहज र सुरक्षित रुपमा यात्रा गर्न पाउनुपर्ने अधिकार भएपनि सुविधा पाउन नसकिएको यात्रुहरु रामकृष्ण जिसीले बताउनुभयो । पहाडी भु–बनावट, व्यवसायिक ध्येयमा मात्र केन्द्रित व्यवसायी, लापरवाही रुपमा चलाउने चालक तथा सहचालकका कारण यात्रा असहज संगै थप असुरक्षित बन्दै गएको छ । यात्रुहरुलाई गाडीमा खचाखच राखेर यात्रा गरिरहदा पनि प्रहरी प्रशासनको ध्यान नपुग्दा समय समयमा विभिन्न खालका दुर्घटना हुने गरेका छन् ।

 दुर्घटनालाई न्युनिकरण गर्नका लागि ट्राफिक प्रहरीले सचेतनामुलक कार्यक्रम गर्ने गरेपनि चाडपर्वको समयमा ध्यान नदिएको पाइएको छ । सरकारले सार्वजनिक यातायातमा लगानी गर्न नसक्नु र निजि क्षेत्रका सवारीहरुको उचित नियमन गर्न नसक्नु विडम्वनाको बिषय रहेको सरोकारवालाहरु बताउछन् । बिशेष गरी चाडपर्वको समयमा यात्रु ठगिनु, सहज र सुलभ यात्रा गर्न नपाउने जस्ता समस्या संगै असुरक्षित यात्रा गर्नुपरेको हरिकला सुवेदीले बताउनुभयो ।
 

 

 

प्रमुख समाचार

भिडियो संग्रह