ताजा अपडेट :

माझी परिवारलाई युवाको साथ

माझी परिवारलाई युवाको साथ

विपन्न माझी परिवारलाई ‘युथ अफ बागलुङ’ले दसँैं मनाउनका लागि खाद्य सामग्री प्रदान गरेको छ । बाग्लुङ–पर्वत जोड्ने मालढुङ्गामा बस्दै आउनुभएकी सुनमती माझीको परिवारलाई रु दश हजार बराबरको सामग्री सहयोग गरिएको संस्थाका सुमन रेग्मीले बताउनुभयो । राहत, उद्धार, सहयोग र सचेतनामूलक कार्य गर्दै आएका संस्थाका युवाले व्यक्तिगत खर्च कटाएर माझीको परिवारलाई सहयोग गरेका हुन् । चामल, चिनी, तेल, मासु लगायतको सामग्री दिइएको रेग्मीले जानकारी दिनुभयो । “सबैले मनाऔं दसँैं”भन्ने सन्देशका साथ विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको जनाइएको छ ।

    दसँैं कसरी मनाउने भन्ने चिन्तामा पिरलिएको परिवारलाई युवाको सहयोगले ठूलो राहत मिलेको छ । माझी छोरीतर्फकी अपाङ्गता भएकी नातिनी र अरु सदस्यको पालनपोषण गर्दै आउनुभएको छ । कालीगण्डकी नदी किनारमा गिट्टी र बालुवा सङ्कलनको काम गर्दै जिविका चलाउने माझी परिवारलाई चाडबाड मनाउन सधैँ सकस हुने गर्छ ।

प्रमुख समाचार

भिडियो संग्रह