ताजा अपडेट :

अघोषित लोडसेडिङ्गको मारमा वासीन्दाहरु

अघोषित लोडसेडिङ्गको मारमा वासीन्दाहरु

म्याग्दी र पर्वतको उत्तरी क्षेत्रका बासिन्दा अघोषित विद्युतभार कटौती र “ट्रिपीङ”का कारण मर्कामा परेका छन् । अनियमित विद्युत आपूर्ती र आकस्मीक रुपमा हुने विद्युतभार कटौतीका कारण उपभोक्ता समस्यामा परेका हुन् ।
पावर ट्रान्सफर्मरको क्षमत्ताले माग धान्न नसक्नु र चार वटा जिल्लाको एउटै केन्द्रिय प्रशारण लाईन हुँदा म्याग्दीमा अघोषित र अनियमित विद्युतभार कटौतीको समस्या देखिएको छ । औपचारीक तालीका नभएपनि दैनिक बढीमा २० पटकसम्म विद्युत आपूर्ती बन्द हुने गरेको छ । छिटो, छिटो विद्युत आपूर्ती र बन्द हुने समस्याका कारण सर्वसाधारणको घरायसी काम देखि घरेलु तथा साना उद्योग, ब्यवसाय र सार्वजनिक सेवा प्रवाह समेत प्रभावित भएको म्याग्दी उद्योग वाणिज्य संघका सचिव लिलाराम गौतमले बताउनभयो ।

मोदी सब स्टेशन मार्फत पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लामा एउटै ३३ केभी क्षमत्ताको केन्द्रिय र ११ केभी क्षमत्ताको वितरण लाईनबाट विद्युत आपूर्ती हुदै आएको छ ।
हाल पिक आवरमा ४ एमभिए विद्युतको माग हुने म्याग्दी वितरण केन्द्र अन्तरगत मिलनचोक सबस्टेशनमा रहेको ट्रान्सफर्मरको क्षमत्ता तिन एमभिए मात्र छ । पर्वत र बागलुङमा प्राकृतिक विपद तथा मर्मतका लागि केन्द्रिय लाईन कटौती गर्दा म्याग्दी र मुस्ताङमा पनि विद्युत आपूर्ती बन्द हुन्छ । आन्तरीक लोडसेडीङ हुनुको अर्को कारण पावर ट्रान्सफर्मरले माग नसक्नु भएको विद्युत प्राधिकरणका ईञ्जिनियर निरज पौडेलले बताउनुभयो । वाईट करिब १५ हजार उपभोक्ता रहेको म्याग्दी वितरण केन्द्रले विद्युतको माग बढी हुने बिहान र बेलुकीको समयमा १५ मिनेटदेखि डेढ घण्टा सम्म आन्तरीक विद्युतभार कटौती गर्दै आएको छ ।

 

प्रमुख समाचार

भिडियो संग्रह