ताजा अपडेट :

ठेकेदारको लापरवाहिकाम कारण पर्वतका ग्रामीण सडक मर्मत भएनन, स्थानियलाई सास्ती

ठेकेदारको लापरवाहिकाम कारण पर्वतका ग्रामीण सडक मर्मत भएनन, स्थानियलाई सास्ती
  पर्वत २२,असोज
नेपालीहरुको महान पर्व बिजयादशमी र दिपावली आगाबै पर्वतका २४ वटा ग्रामीण सडक मर्मत तयारी कमिसनको खेलका कारण रोकिएको छ।     जिल्ला बिकास समितिले आब्हान गरेको टेण्डरमा कम अंक कबोल गर्ने निर्माण ब्याबसायीलाई सम्झौता गर्न अवरोध गरिएपछि मर्मतको काम रोकिएको हो ।

    वर्षायाममा बाढि पहिरोका कारण अवरुद्ध भएका सडकहरु दशै अगावै संचालन गर्ने तयारी अनुरुप २१ प्रतिशत कममा टेण्डर भरेको अन्नपुर्ण निर्माण सेवालाई सम्झौत ागर्न ठेकेदारले नै रोकेका छन । त्यस भन्दा कम २ प्रतिशत छाड्ने सुबेदी निर्माण सेवालाई सम्झैत ागर्ने र त्यस बापत बच्ने ३ लाख ठेकेदारले मिलेमतोमा बाँड्ने चलखेलका कारण सम्झौता हुन नसकेको जिबिस स्रोतले जनाएको छ।

जिल्लाको सदरमुकाम कश्माबजारबाट सवै गाविसमा पुग्न सकिने २४ वटा सडकलाई छनौट गरी दशै अगावै संचालन गर्ने तयारी भए पनि बिभिन्न कारणले समयमा काम सम्पन्न गर्न नसकिएको प्रमुख जिल्ला इन्जिनियर महेन्द्र बाँनियाले जानकारी दिनुभयो । उहाँका अनुसार वर्षायाममा सडकमा पहिरो गएर पुरीएका वा बाढीले बगाएका ठाउँहरुमा सामान्य मर्मत गरी यातायात सुचारु गरिने भएको छ । आकस्मिक रुपमा मर्मतका लागि १५ लाख ६२ हजार रुपैया बिनीयोजन गरिएको छ ।

जिल्ला विकास समितिलेले २४ वटा सडकको आकस्मिक मर्मतका लागि १५ लाख ६२ हजारमा टेण्डर आव्हान गरेको थियो  । चाडवाड मनाउनका लागि बाहिर बाट गाउँमा आउने सर्वसाधारणहरु सवारीसाधान मार्फत नै गन्तव्यमा पुग्न सकुन भनेर आकस्मिक रुपमा मर्मत गर्न थालिए पनि दशै अगाडी संभब हुन नसकेको  स्थानिय विकास अधिकारी युवराज पौडेलले जानकारी दिनुभयो ।
        दशै अगाव वारीवेनी–माझँफाँट–लेखफाँट, मिलनचोक– रातामाटा– भोटेडाँडा, मिलनचोक –सल्यान –घाखेत, खनियाँघाट– नाङलीङ, अर्मादी–भाटेवारी–बनौ, कुश्मा–हलहले   सडक मर्मत गरिने भएको छ । त्यस्तै पातीचौर–बाजुङ–क्याङ, पातीचौर–मैदान–लप्सिबोट, मैदान–देउपुर–पुर्णगाउँ, डिमुवा–दराक–चित्रे सडक पनि मर्मत गरिने भएको छ ।

त्यसैगरी हिलेखोला–कार्कीनेटा–लुंखु दोविल्ला– पकुवा– गंगटे– आर्थर, पकुवा–छाप–राम्जाठाँटी पनि मर्मत गरिदै छ । सिल्मी–ठुलीपोखरी–कार्कीनेटा, साईकलचोक–चुचुनदेउराली–थापाठाना–भँगरा, मुडिकुवा–झकलक–कुर्घा–लुंखु, पनि मर्मत गरिने भएको छ ।
उता दक्षिण क्षेत्रका लुंखु–ज्यामीरे–हुवास, लुंखु– पैंयुभन्ज्याङ–होश्राङ्दी, लुंखु–बालाकोट–दह, चिसापानी–हुवास–वहाकी–बर्राचौर र डुड–मैदान बेउलीवास, उरामपोखरा–वहाकीभन्ज्याङ, अर्नास–टकलाक सडक मर्मतका लागि टेण्डर आव्हान गरिएको स्थानिय विकास अधिकारी पौडेलले जानकारी दिनुभयो ।

वर्षायाममा गएको पहिरो पन्छाउन नसक्दा जिल्लाका मुख्य ग्रामिण सडकमा समेत यातयातका साधान सञ्चालन हुन सकिरहेका छैनन । बाह्रैमास सञ्चालन हुने गरी मर्मत गरिएका चारवटा सडकहरु दोबिल्ला–फलेबास, कुस्मा–दुर्लुङ्ग, हिलेखोला–कार्किनेटा–लुंखु र चिसापानी–हुवास–बर्राचौर सडकमा बाहेक अन्य सडकहरु ठप्प जस्तै बनेका छन् । यस बर्ष बर्षाका कारण धेरै स्थानमा सडकको अवस्था बिग्रीएको छ । जसले गर्दा सामान्य मर्मत नगरे सम्म यातयात चलाउन गाह्रो भएको छ ।
        लामो समय सम्म सडक मर्मत नहुँदा यात्रुमात्रै सास्ती बेहोरेका छैनन  सवारी साधन समेत त्यसै थन्काउनु परेको गुनासो यातयात ब्याबसायीको छ । दोबिल्ला फलेवास सडकमा मात्रै ठुलो संख्यामा सवारी साधन गुड्दै आएका छन तर मर्मत नहुँदा निकै जोखिम मोलेर सवारीसाधान चलाउनुपर्ने अवस्था रहेको पर्वत यातयात ब्याबसायी समितिले जनाएको छ  

 

प्रमुख समाचार

भिडियो संग्रह