- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
गति लिदै बहुचर्चीत उत्तर दक्षीण जोड्ने कालीगण्डकी लोक मार्ग, निर्माणकार्य धमाधम चल्दै
गति लिदै बहुचर्चीत उत्तर दक्षीण जोड्ने कालीगण्डकी लोक मार्ग, निर्माणकार्य धमाधम चल्दै
पर्वत,१९ असोज
करिब दश बर्ष पहिले देखि त्यसै अलपत्र परेको बहुचर्चीत उत्तर–दक्षीण जोड्ने कालीगण्डकी लोक मार्गले अब गति लिने भएको छ ।राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको चीन–भारत जोड्ने कालीगण्डकी लोकमार्गको ट्राक वपन्न तथा स्तरबृद्धिको काम तिब्र पारिएको छ । लोकमार्ग अन्तर्गत पर्वतको सदरमुकाम कुश्मा देखि स्याङजाको मिर्मी सम्मकोको करिब ६८ कि.मि.सडक खण्डमा ट्राक वपन तथा स्तरबृद्धिको काम तिब्र पारीएको हो । अहिले ट्राक वपन गर्ने,सडक चक्ल्याउने,तारजाली हाल्ने, कल्र्भट बनाउने,नाली काट्ने लगाएतको कामले तिब्रता पाएको छ ।
उक्त खण्डको स्तरबृद्धि गर्न ३९ करोड लागत लाग्ने बताईएको छ । उक्त सडक खण्डको काम २०७४ असार भित्र सम्पन्न गर्ने गरी २ ओटा निमार्ण कम्पनीमार्फत काम भैरहेका छन् । अहिँले मिर्मी—रानीपानी खण्डमा काष्ठमान्डप निर्माण कम्पनीले रानीपानी—कुश्मा सडक खण्डमा सुर्य कन्ड्रक्सन प्रा लि ले काम थालेका छन् । सडकको स्तर १० मिटर फराकिलो बनाईनुका साथै मोड तथा ग्रेड सुधार र ह्यूम पाईप, कल्भर्ट निर्माण सडकको मुख्य कार्यहरु रहने सुर्य कन्ड्रक्सन प्रा. लि.का सञ्चालक आर.के. थापाले जानकारी दिनुभयो
गत बर्षको नाकाबन्दीको कारण सुस्त भएको निमार्ण पुनः दुर्त गतीमा अघि बढेको छ । कालीगण्डकी लोक मार्ग दक्षिण्मा रहेको पूर्व–पश्चिम लोकमार्गबाट प्रारम्भ भई ३ वटा अंचल ९ वटा जिल्ला हुँदै उत्तरी छिमेकी राष्ट्र चिनको कोरला नाका जोडिएकाले यस सडक यस क्षेत्रको विकासका लागि मेरुदण्डको रुपमा लिईएको छ । पर्वत लाई चिनसँग जोडन कालीगण्डकी लोकमार्गको निर्माण कार्य पुरा गरी सरकारले नाका खोल्न सके लामो दुरी भारतबाट आयात गर्ने दैनिक उपभोग्य सामानहरु सहजै चिनबाट आयात गर्न सकिने पर्वतबासीहरु बताउछन् ।
विकासका पूर्वाधारमा पछाडी पारीएकाले यस क्षेत्रलाई आधुनीकिकरण गर्नका लागि यातायात सेवाले महत्वपुर्ण भुमीका खेल्ने पर्वत क्षेत्र न २ का सांसद बिकास लम्सालले बताउनुभयो । उहाँले कालीगण्डकी लोक मार्गको स्तरबृद्धीको गर्न लाग्ने बजेट अर्थमन्त्रालयबाट आफ्नो पहलमा बिनियोजन भएको दाबी गर्नुभयो । उहाँले २०५८ सालदेखि त्यसै अलपत्र परेको लोकमार्गले आफु निर्वाचित भएर गएपछी मात्रै गति लिएको समेत दाबी गनुभयो ।
लोकमार्गको निर्माण पश्चात् यस क्षेत्रको ग्रामीण भेगका आर्थिक रूपले पछाडी परेका नागरिकको आर्थिक विकासमा थप सुधार हुनगै समग्र यस क्षेत्रको गरिवी निवारणमा सहयोग पुग्ने बताउनुभयो । उहाँले यस क्षेत्रमा सडकको पहूँच पुग्न जाने र यसले गर्दा यहाँको , सामाजिक र पर्यटन बिकासमा थप सुधार आउने बताउनुभयो ।
कालीगण्डकी लोकमार्गको निर्माण पश्चात यस क्षेत्रमा धार्मिक पर्यटन र प्राकृतीक सौन्दर्यको अवलोकन गर्ने पर्यटनको विकास हुने देखिन्छ । पहाडीक्षेत्रका बिभिन्न जिल्ला र ती जिल्लाका सयौँ बस्तीलाई जोड्ने यो लोकमार्गबाट लाखौँ जनता प्रत्यक्षरुपमा लाभान्वित हुने छन् भने सडक सञ्जालमा नजोडिएका केही जिल्लाका गाबिस र सदरमुकाम पनि सडकको राष्ट्रिय सञ्जालमा जोडिँदै छन् ।
- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"