ताजा अपडेट :

पाँच करोडको सुन्तला बिक्री ।।

photo

पुस २४,पर्वत
सुन्तला खेतीको लागि पकेट क्षेत्र मानिने बाग्लुङ् जिल्लाको बिहुँ गाविसबाट यो वर्ष पाँच करोड रुपैयाँ बराबरको सुन्तला बिक्री भएको छ । कुल ४७ हेक्टर क्षेत्रफलमा फलेको ९०० मेट्रिक टनभन्दा बढी सुन्तला बेचेर त्यहाँका किसानले मनग्य आम्दानी लिएका हुन् । जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत विप्लबप्रसाद अधिकारीका अनुसार बिहुँमा रहेका साढे चौध हजार सुन्तलाका बोट मध्ये यो वर्ष ६ हजार बोटमा सुन्तला फलेका छन् । एउटै बोटमा ५० देखि ५०० किलोसम्म सुन्तला फल्ने गरेको बिहुँ–४ खोलाखेतका किसान तुलसी कँडेलको भनाइ छ । बिहुँको सुल्डाँडा, किमबोट, ताराखसे, हटिया, करलिम लगायतका ठाउँका किसानले व्यावसायिक रुपमै सुन्तला खेति गर्दै आएका छन् ।

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह