ताजा अपडेट :

नवै पश्मिाञ्चल महिला महोत्सव को उपराष्ट्र पति नन्द बहादुर पुन द्धारा उद्धघाटन हुने।।महोत्सव आउन १९ दिन मात्रा ब

photo

नवै पश्मिाञ्चल महिला महोत्सव को उपराष्ट्र पति नन्द बहादुर पुन द्धारा उद्धघाटन हुने।।महोत्सव आउन १९ दिन मात्रा बाकि ।।

फाल्गुण ७ पर्वत

पर्वतको जिल्लाका्े सदरमुकाममा हुन लागेको नवौ पश्मिाञ्चल महिला महोत्सव तथा सामुदायिक रेडियो दिदि बहिनीको सातौ बाष्कि उत्सव को उद्धघाटन गर्नै उपराष्ट्रपति नन्द बहादुर पुन आउन लाग्नु भएको हो । यहि फागुन २४ गते देखि २८ गते सम्म हुन लागेको महोस्वको उद्धघाटन गर्नै आउन लाग्नु भएको शुक्रबार पक्का भएको  सांसद तथा रेडियोका अध्यक्ष कल्पना चापागाईले जानाकारी दिनु भएको छ । महोत्सब आउन  अब १९ दिन मात्र बाकि रहदा ं स्टल निर्माणकार्य र स्टल बुकिङ भने त्रिंब रुपमा भएको चापागाइको भनाई रहेको छ ।बिगतका महोत्सब भन्दा यस बर्षको महोत्सब फरक खालको रहको  चापागाइले जानाकारी दिनु भएको छ। नेपाल टेलिकम को मुख्य पा्रयोजन रहने महोत्सबमा  १०० वटा स्टलहरु रहने  छन् ।

 

 

महोत्सवमा लघुउद्यम, अटो, होटल तथा रेष्टुरेन्ट, र अन्य व्यावसायीक स्टलहरु रहने भएका छन् । त्यस्तै कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, पराम्परागत प्रविधि, प्रदर्शन, व्यवसायीहरुको स्टलहरु पनि रहेको अध्यक्ष कल्पना चापागाईको भनाई छ । महोत्सवमा आउने दर्शकहरुले पश्मिाञ्चलका महोत्समा नभएको   नौलो खेल हेर्नैपाउने चापागाइको भनाई छ।महोत्सवलाई थप आकर्षित गराउनको लागि र स्थानीयहरुको लागि अनौठो र नौलो रहेका बस्तुहरुको प्रदर्शनी समेत गराउने तयारी गरिएको छ ।

 

महोत्सवमा राष्ट्रिय रुपमा ख्याति कमाएका कलाकारको समेत बेजोड प्रस्तुति रहने जनाईएको हो।सदरमुकाम कुस्मा स्थित बान्द्रेविडीचौरमा हुने महोत्सवमा गएका बर्ष भन्दा यो महोत्सव फरक हुने आयोजकले जनाएको छ । यस बर्ष राष्ट्रिय महिला भलिवल प्रतियोगिता बृद्धा, असाय ,र एकलमहिला अनाथ ,बालबालिका गरि ३०० जना लाई सम्मान गर्नै कार्यक्रम समेत रहेको चापगाइको भनाई छ । साथै  रत्यौली प्रतियोगिता, भजन प्रतियोगिता, विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगिता, बक्तृत्वकला प्रतियोगिता, विभिन्न समुह तथा संस्थाहरुको ¥याली प्रतियोगिता, टपरी गाँस्ने लगायतका प्रतियोगीता ,ख्याती प्राप्त कलाकारहरुका साथमा विभिन्न साँस्कृतीक कार्यक्रम ,नौमती बाजा, शैक्षिक प्रदर्शनी, रमाईलो मेला महोत्सवको मुख्य आकर्षण रहने चापागाइको भनाई छ।

 

 महोत्सव आउन केहि दिन बाकि रहदा  स्टल बुकिङ ,समुहको नाम र्दता पनि सुरु भएको दर्ता संयोजक प्रतिभा अधिकारी ले बताउनु भएको छ ।साथै आप्नो  समुहको नाम र्दर्ताै गर्नै नछुटाउन पनि आग्रह गर्नै भएको छ। उत्त कार्यक्रम पन्चेबा संरक्षण लगाएतका अन्य धेरै कार्यमक्रम रहेको पनि चापागाईको भनाई छ। महोत्सवकै अवसरमा हुन् लागेको दिदीबहिनी कप भलिबल आगामी फागुन २४ देखि २८ गतेसम्म हुने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपालको चर्चित ५ महिला टोली र एक आयोजक गरी ६ टोलीको सहभागिता रहने छ । नेपाल भलिबल संघ, जिल्ला खेलकुद विकास समिति र पश्चिमाञ्चल भलिबल स ाबिधिक सहयोगमा हुने प्रतियोगितामा एक आयोजकसहित तीन विभागीय क्लब एपीएफ, नेपाल पुलिस र आर्मी तथा न्यु डायमण्ड एकेडमी र पश्चिमाञ्चल भलिबल संघको टिम रहने छ ।प्रतियोगिताको विजेताले ट्रफी तथा नगद १ लाख पुरस्कार जित्नेछन् ।

 

 त्यस्तै उपविजेताले ६० हजार तथा तेस्रो हुनेले ४० हजार पाउने छन् । यस्तै उत्कृष्ट खेलाडीले नगद ५ हजार प्राप्त गर्नेछन भने व्यक्तिगत बिधातर्फ उत्कृष्ट हुने स्पाइकर, सेटर, क्वीकर, ब्लकर, डिफेन्डर र प्रशिक्षकले जनही ३ – ३ हजार पुरस्कार पाउने छन्

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह