ताजा अपडेट :

रेडियो दिदीबहिनीले नवौँ महिला महोत्सव गर्ने तयारी तिब्र

photo

रेडियो दिदीबहिनीले नवौँ महिला महोत्सव गर्ने तयारी तिब्र
माघ २३ पर्वत
    विगत ७ वर्ष पहिले महिलाहरुको मात्र व्यवस्थापन र संचालनमा रहने गरि स्थापना भएको रेडियो दिदीवहिनी ९५.२ मेघाहर्जले आफ्नो सातौँ बार्षिकोत्सवको अवसरमा पश्चिमाञ्चल स्तरको  महिला महोत्सवको आयोजना गर्ने भएको छ । पर्वत जिल्लाकै पहिलो सामुदायीक रेडियो दिदीवहिनीले “बृहत नवौँ पश्चिमाञ्चल महिला महोत्सव ” आयोजना  गर्न लागेको हो ।
  रेडियोको सातौँ बार्षिकोत्सव आगामी फाल्गुण  २४ देखी २८ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरि महोत्सव गर्न लागीएको रेडियो दिदी वहिनीका अध्यक्ष कल्पना चापागाईले जानकारी दिनुभयो । समाजमा अव पुरुष मात्र होईन महिलाको पनि अस्तित्व छ र रहनुपर्दछ भन्ने कुरालाई स्थापित गर्दै महिलाहरुकै व्यवस्थापन र संचालनमा मात्रै एक सफल रेडियो चलाउँदै आएको उहाले बताउनुभयो ।
 अध्यक्ष चापागाईले कार्यक्रमा पश्चिमाञ्चल विकास क्षेत्रको पर्यटन प्रबर्धन गर्ने, जिल्लाका ऐतिहाँसीक धार्मीक तथा पर्यटकीय स्थलको प्रसार स्थरोन्नती गर्ने ,जिल्लामा उत्पादिन बस्तु तथा खाध्यन्नको उपभोग बडाउने , लोक संस्कृतीको जग्रेना महिला सम्मान सञ्चालनमा गर्ने उदेश्य सहीत उहाहरुमा जागरण ल्याउन साथै विद्यमान चेतना स्तरमा थप अभिवृद्धी ल्याउनका लागि समेत महोत्सवले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।
     बर्तमान अवस्था मिडिया सञ्चालनका लागि चुनौती पुर्ण बन्दै गईरहेको सन्दर्भ औल्याउदै  अध्यक्ष चापागाँईले महोत्सवबाट आर्थिक उपलब्धि हाँसीलगर्न नसके पनि रेडियो सुन्ने श्रोता तथा यस क्षेत्रका महिला दिदीबहिनीहरु संगको सम्वन्धलाई बचाईराख्नको लागि पनि यो आठौं महोत्सवको निरंतरता भएको बताउनुभयो ।

   सदरमुकाम कुस्मा स्थित बान्द्रेविडीचौरमा हुने कार्यक्रममा सांसद तथा रेडियोका अध्यक्ष कल्पना चापागाई अहीले सम्मको  बृहत नवौपश्मिाधचमाञ्चल मिहिला महोत्वसव तथा  रेडियोको सातौ बार्षिकोत्सव उत्कृष्ठ बनाउने तयारीमा रहेको जानकारी गराउनु भयो।  यस बर्ष राष्ट्रिय महिला भलिवल प्रतियोगिता बृद्धा असाय र एकलमहिला अनाथ बालबालिका गरि ३०० जना लाई सम्मान गर्नै कार्यक्रम समेत रहेको चापगाइको भनाई छ । साथै  रत्यौली प्रतियोगिता, भजन प्रतियोगिता, विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगिता, बक्तृत्वकला प्रतियोगिता, विभिन्न समुह तथा संस्थाहरुको ¥याली प्रतियोगिता, टपरी गाँस्ने लगायतका प्रतियोगीता ,ख्याती प्राप्त कलाकारहरुका साथमा विभिन्न साँस्कृतीक कार्यक्रम ,नौमती बाजा, शैक्षिक प्रदर्शनी, रमाईलो मेला महोत्सवको मुख्य आकर्षण रहने बताईएको छ । महोत्सवमा घरेलु उद्योगको प्रचार प्रसार गर्ने उदेश्यले कृषिजन्य उत्पादनको प्रर्दशनी, विभिन्न घरेलु तथा हस्तकलाका सममग्रीहरुको प्रदर्शनि तथा विक्री वितरण गर्ने स्टल रहनुको साथै ख्याती प्राप्त कलाकारहरुको प्रश्तुती रहने हुदा महोत्सव अवलोकनका लागि विगतमा जस्तै यस वर्ष पनि ४ लाख भन्दा बढि दर्शक श्रोेताका ेसहभागिता रहने अपेक्षा राखिएको कार्यक्रम संयोजक दुर्गा शर्माले बताउनुभयो । महोत्सव आउनका लागि अव केही समय बाँकी रहेका कारण धौलागिरी अञ्चलका ३ जिल्ला म्याग्दी बाग्लुङ र पर्वतमा  प्रचार प्रसार का  लागी ब्यानर टागीएको छ  साथै अन्य तैयारी पनि तिव्र पारिएको उहाले बताउनु भयो ।

 विसं २०६६ साल फागुन २४ गते नारी दिवसको सन्दर्भ पारेर तत्कालिन सभामुख सुभास चन्द्र नेम्वाङबाट विधिवत उद्घाटन पश्चात सुचना संञ्चार र मनोरंजनको क्षेत्रमा उल्लेखनिय भुमिका निर्बाह गरेको रेडियो दिदीवहिनीले विभिन्न सामाजिक संघ संस्थाद्धारा सम्मानित हुनुको साथै नेपाल सरकार वाट प्रतेक वर्ष प्रदान गरिने राष्ट्रिय पत्रकारिता पुरस्कार –२०६९वाट समेत पुरस्कृतहुन सफल भएको थियो ।

 

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह