ताजा अपडेट :

बृहत् नवौेंपश्चिमाञ्चल महिला महोत्वसव तथा रेडियोको सातौं बार्षिकोत्सव फागुन २४देखि २८ गते सम्म सञ्चालन हुदै, ब

photo

बृहत् नवौेंपश्चिमाञ्चल महिला महोत्वसव तथा रेडियोको सातौं बार्षिकोत्सव फागुन २४देखि २८ गते सम्म सञ्चालन हुदै, बुधबार काठमान्डुमा पत्रकार सम्मेलन सम्पन, प्रथम दिदीबहिनी कप महिला भलिबल बारे जानाकारी ।।

माघ १३ ,पर्वत
पर्वत जिल्लाको सदरमुकाम कुश्मामा आगामी फागुनमा राष्ट्रिय  स्तरको प्रथम दिदीबहिनी कप महिला भलिबल हुने भएको छ।राजधानीमा मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजकले १०७ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस तथा सामूदायिक रेडियो, रेडियो दिदीबहिनीको सातौ वार्षिकोत्सवको अवसरमा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको छ ।कुश्मा बजारमा हुन् लागेको बृहत नवौं पश्चिमाञ्चल महिला महोत्सवकै अवसरमा हुन् लागेको दिदीबहिनी कप भलिबल आगामी फागुन २४ देखि २८ गतेसम्म हुने आयोजकले जनाएको छ ।प्रतियोगितामा नेपालको चर्चित ५ महिला टोली र एक आयोजक गरी ६ टोलीको सहभागिता रहने छ । नेपाल भलिबल संघ, जिल्ला खेलकुद विकास समिति र पश्चिमाञ्चल भलिबल सघको प्राबिधिक सहयोगमा हुने प्रतियोगितामा एक आयोजकसहित तीन विभागीय क्लब एपीएफ, नेपाल पुलिस र आर्मी तथा न्यु डायमण्ड एकेडमी र पश्चिमाञ्चल भलिबल संघको टिम रहने छ प्रतियोगिताको विजेताले ट्रफी तथा नगद १ लाख पुरस्कार जित्नेछन्।त्यस्तै उपविजेताले ६० हजार तथा तेस्रो हुनेले ४० हजार पाउने छन्।यस्तै उत्कृष्ट खेलाडीले नगद ५ हजार प्राप्त गर्नेछन भने व्यक्तिगत बिधातर्फ उत्कृष्ट हुने स्पाइकर, सेटर, क्वीकर, ब्लकर, डिफेन्डर र प्रशिक्षकले जनही ३–३ हजार पुरस्कार पाउनेछन्।अनुमानित १५ लाख खर्च हुने प्रतियोगिताको खेल हेर्नको लागि दर्शकलाई ५० र ७५ रुपैयाको टिकट राखिएको छ ।कार्यक्रममा बोल्दै आयोजक रेडियोका अध्यक्ष तथा सांसद कल्पना चापागाईले नेपालको जुनसुकै क्षेत्रमा पनि भलिबल खेल खेल्न सकिने र महिलाहरु पनि खेल्न सक्षम छन् भन्ने सन्देश दिन प्रतियोगिता आयोजना गर्न लागेको बताइन।कार्यक्रममा सासद तथा मदन भण्डारी स्पोर्ट्स एकेडमीका अध्यक्ष बिनोद श्रेष्ठ,नेपाल भलिबल सघका महासचिव जितेन्द्र चन्द,भलिबल संघका उपाध्यक्ष रन्जन खड्का लगायतको उपस्थिति रहेको थियो। यस्तै महोत्सव आउनका लागि अव केही दिन मात्र बाँकी रहेका कारण धौलागिरी अञ्चलका ३ जिल्ला म्याग्दी बाग्लुङ र पर्वतमा  प्रचार प्रसार का  लागी ब्यानर टाग्ने काम सुरु भएको छ।ब्यानर पर्वत को पातिचौर नयापुल ,डिमुवा।दोबील्ला लगाएको ठाउमा ब्यानर टाग्ने काम सकिएको प्रसार प्रचार का सदस्य दुर्गा र्शमाले बताउनु भएको छ।तथा अन्य तैयारी पनि तिव्र पारिएको र्शमाको भनाई छ।सदरमुकाम कुस्मा स्थित बान्द्रेविडीचौरमा हुने महोत्सवमा गएका बर्ष भन्दा यो महोत्सव फरक हुने आयोजकले जनाएको छ।बृद्धा असाय र एकलमहिला अनाथ बालबालिका गरि ३०० जना लाई सम्मान गर्नै कार्यक्रम समेत रहेको चापगाइको भनाई छ।साथै रत्यौली प्रतियोगिता,भजनप्रतियोगिता,विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगिता,बक्तृत्वकला प्रतियोगिता,विभिन्न समुह तथा संस्थाहरुको ¥याली प्रतियोगिता,टपरी गाँस्ने लगायतका प्रतियोगीता,ख्याती प्राप्त कलाकारहरुका साथमा विभिन्न साँस्कृतीक कार्यक्रम,नौमती बाजा,शैक्षिक प्रदर्शनी, रमाईलो मेला महोत्सवको मुख्य आकर्षण रहने रेडियोका सांसद तथा रेडियोका अध्यक्ष कल्पना चापागाइको भनाइ रहेको छर्।

 

 

 

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह