ताजा अपडेट :

हात्तीको आक्रमणबाट एकको मृत्‍यु

photo

जंगली हात्तीको आक्रमणबाट झापाको धुलावारीमा एकजनाको मृत्यु भएको छ। 
 जंगली हात्तीको आक्रमणबाट मेचीनगर नगरपालिका ४ का ६४ बर्षिय डम्बर बहादुर कुँवरको मृत्यु भएको इलाका प्रहरी कार्यालय धुलाबारीले जानकारी दिएको छ। इप्रका धुलाबारीका प्रमुख प्रहरी निरीक्षक सुवास बुढाथोकीका अनुसार हात्ती गाउँमा छिरेपछि खेदाउने क्रममा कुँवरको मृत्यु भएको हो। 
 
मध्य राती १२ बजे हात्तीले दाराले घोचेर कुँवरको ज्यान लिएको प्रहरीले जनाएको छ।  
मृतक कुँवरको शवलाई पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको इन्सपेक्टर बुढाथोकीले बताए।
 

प्रमुख समाचार

रेडियोकर्मी परिचय

भिडियो संग्रह