ताजा अपडेट :

सिर्जनशिलको झण्डै चार करोडको कारोबार

सिर्जनशिलको झण्डै चार करोडको कारोबार
असोज ३ पर्वत
सर्जनशिल बहुउद्धेश्यीय सहकारी संस्था पर्वतले आर्थिक वर्ष ०७२÷७३ मा झण्डै चार करोडको कारोबार गर्न सफल भएको छ ।
    पर्वत जिल्लाका विभिन्न १२ वटा गाविस र एक नगरपालिकालाई कार्यक्षेत्र बनाएर काम गर्दै आएको सहकारीले आर्थिक वर्ष ०७२÷७३मा ३ करोड ९० लाख १३ हजार ६ सय ९२ रुपैया बराबरको कारोबार गरेको हो । सहकारीले गत आर्थिक वर्षमा कुल रकमको साढे ५४ प्रतिशत मुनाफा आर्जन गर्न समेत सफल भएको छ । सहकारीले आगामी कार्तिक मसान्त भित्र मुनाफा वितरण गर्ने योजना समेत बनाएको छ ।
    ग्रामीण क्षेत्रमा क्रियाशिल जिल्लाकै  धौलागिरि अञ्चलकै नमुना सहकारीले बचत र ऋणको मात्र नभै आयअर्जनम क्षेत्रमा ऋण लगानी गर्दै आएको छ । व्यावसायीक तरकारी खेती, कुखुरा पालन, बंगुरपालन, गाईभैसी पालन, व्यापार व्यावसाय तथा उद्योग संचालनका निम्ति ऋण समेत प्रवाह गर्दै आएको छ । अहिलेसम्म कुखरा, बाख्रा, खुद्रा पसल, फेन्सि, कस्मेटिक राईस मिल लगायतका क्षेत्रमा लगानी गरेको छ । त्यस्तै युवा तथा साना व्यावसायी स्वरोजगार कार्यक्रम समेत संचालन गरि ग्रामीण क्षेत्रका युवा युवतीहरुलाई स्वरोजगारमुलुक कार्यका लागि लगानी गर्दै आएको संस्थाका अध्यक्ष देविप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
    उक्त सहकारीमा अहिले ९ सय १६ जना शेयर सदस्य रहेक छन् । उनिहरुबाट संकलित झण्डै ५० लाख रुपैया, तरकारी उत्पादन तथा बजारीकरणको लागी उपआयोजनाबाट प्राप्त झण्ढै १ करोड लगायतको बजेट आयआर्जनमा खर्चिएको छ ।
बजारका कृषि सहकारीको नाममा खुलेको थुपै सहकारी संस्थाहरु बचत र ऋणको कारोबार गरिरहेका बेला उक्त सहकारीले भने ग्रामीण क्षेत्रका विपन्न बर्गहरुको आआर्जनमा सक्रिया बनेर धौलागिरिकै नमुना बन्न सफल भएको छ ।
ठानामौला गाविसमा २०६५ सालमा स्थापना भएको सहकरीले ठानामौला सँगै लिमिठाना, भँगरा, शंकरपोखरी थापाठाना, पाङराङ, कुर्घा, फलामखानी, कार्कीनेटा, खनीगाउँ, देविस्थान, मुडिकुवा र कुश्मा नगरपालिकामा आर्थिक, शैक्षिक, वातावरणीय र सामाजिक विकासमा सक्रिय हुँदै आएको छ ।
    यसैबीच सहकारीको नवौ साधारण सभा शनिवार शंकरपोखरीमा सम्पन्न भएको छ । साधरणसभामा जिल्लाका पाँच वटा गाविसका ग्राहकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा आर्थिक वर्ष ७२÷०७३ मा संस्थाले गरेका कामको समिक्षा गरिनुका साथै आगामी योजनाका बारेमा छलफल गरिएको छ । सहकारीका अध्यक्ष देविप्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष कृष्णप्रसाद तिवारीले निति तथा कार्यक्रम, लेखा तथा सुपरिवेक्षण समितिका संयोजक द्रोर्णप्रसाद भुसाालले लेखा प्रतिवेदन, व्यवस्थापन कविता विकले आर्थिक प्रतिवेदन र कोषाध्यक्ष निर्मला थापाले आगामी वर्षको अनुमानित आयव्यय वितरण प्रस्तुत गरेका थिए । त्यस्तै सचिब नारायणप्रसाद पन्तले संचालक समितिका मुख्य निर्णयका बारेमा जानकारी गराएका थिए ।
    साधारणसभाका शंकरपोखरी बहुमुखि क्याम्पसका प्रमुख टेकनारायण अधिकारी, सोर्डेक नेपालका अध्यक्ष मनबहादुर कँुवर, नेपाली काँग्रेसका प्रतिनिधि शिव तिवारी, नेकपा एमालेका प्रतिनिधि भिमप्रसाद अधिकारी, माओवादी केन्द्रका जिल्ला सदस्य कमल भुसाल र विप्लब माओवादीका जिल्ला सदस्य ढकबहादुर क्षेत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
    कार्यक्रममा स्वागत उपाध्यक्ष कृष्णप्रसाद तिवारी र संचालन सचिब नारायणप्रसाद पन्त र सहसचिब टिकाराम भुसालले गरेका थिए । सो अवसरमा शेयर सदस्यका छोराछोरीहरु मध्ये एसएलसी परिक्षामा उत्कृष्ट अंक ल्याउने छात्र र छात्रालाई पुस्कृत समेत गरिएको थियो ।

प्रमुख समाचार

भिडियो संग्रह