- महिला हरुलाई स्वास्थ्य राख्न तथा सहजताको लागि आबस्यक पर्नै प्याड स्थानिय तहमानै उत्पादन गर्नै सके प्रभाबकारी ह"
- सर्वोच्चको आदेश लत्याउँदै जिल्ला अस्पताल पर्वत अझै सञ्चालनमा आएन सरकारी फार्मेसी"
- कुश्मा बजार सरसफाई अभियान ३६ औ हप्तामा, प्रजातन्त्रको पुर्व सन्ध्यामा बजार सरसफाईमा जुट्दैै नगरवासी"
- पहिलो पटक पर्वत महोत्सवमा सिसीटिभी जडान, बिहिबार प्रधानमन्त्री प्रचण्ड द्धारामहोत्सब उद्धघाटन "
- पाङराङ स्वास्थ्य चौकिलाई एम्वुलेन्स हस्तान्त्रण"
- पश्चिम म्याग्दीको विम गाविस बुधबार सरसफाईयुक्त र घरभित्रको धुँवामुक्त गाविस घोषणा"
- म्याग्दीमा महिलाहरुलाई दिइएको सिपमूलक व्यावसायिक माला बुनाई तालिम सम्पन्न"
- नेकपा एमाले माझफाँट १ को वडा भेला सम्पन्न"
- छोरा छोरीको पढाईलाई गुणस्तरीय बनाउन म्याग्दीका आमा समुहरु सकृय बन्दै"
- जिल्लाका लप्सीमा आधारीत उद्योम सकृय बन्दै यस वर्ष सय टन बढी लप्सी उत्पादन,"
- पाँचौ पर्वत महोत्सवको पुर्व सन्धामा कालिगण्डकी सरसफाई र जलयात्रा गरीने पर्वत उद्योग वाणिज्य संघको भनाई विगतका "
- जिल्लाका दक्षिणी लुखुको ईलाकाको आगामी आवका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न"
- विदेशी प्राविधिमा खेती गर्दै फर्से धाईरिङका कृषक दक्ष प्राविधिकको अभाव रहेको गुनसो ।"
- कृषि लक्षित रकम नपाएको भन्दै मल्लाजका कृषक आन्दोलित"
- ईलाका ८ मा सडकका योजना बढि"
ग्वालीचौरमा न्वागी मेलाको रौनक
ग्वालीचौरमा न्वागी मेलाको रौनक
मङ्सिर ५ बाग्लुङ
बागलुङको ग्वालीचौरमा मनाईने साँस्कृतिक महत्वको ऐतिहासिक न्वागी मेला सुरु भएको छ ।
यो मेलालाई पौदीबासीहरुले विशेष पर्वको रुपमा मनाउने गर्छन । मेलामा लाखौंको कारोबार हुने गरेको छ । स्थानिय उत्पादनको प्रबद्र्धन तथा प्रोत्साहन गर्ने उद्धेश्यका साथ कृषि मेला प्रदर्शनी गर्ने गरिन्छ । कृषकहरुले उत्पादन गरेका नगदे, हिउँदे, खाद्यान्न, बेमौसमी लगायतका कृषि प्रदर्शनीमार्फत कृषकलाई सम्मान गर्ने गरिएको पौदी न्वागी मेला ब्यबस्थापन समितिका सचिब बिष्णुप्रसाद आचार्यले जानकारी दिए । कृषि उपजको प्रदर्शनीमा अहिलेसम्म २० जना किसानले आफ्ना उत्पादन प्रदर्शन गरेका छन् । स्थानियका अनुसार, त्यस क्षेत्रमा उत्पादन हुने जर्डन प्रजातीको धानलाई दहिमा भिजाई, केरा, सिलाम, चिनी राखी स्वादिष्ट न्वागी बनाई खेत भएका र नभएका दुबैले खाने गर्छन् । खेत भएकाहरुले खेत नभएकालाई पनि निम्ता गर्छनभने आफन्त, ईष्टमित्रलाई पनि न्वागी खुवाउने प्रचलन रहेको छ । उत्तम साईतमा पौँदेलीहरुले न्वागी खाईसकेका छन् । दशकौ देखी त्यस क्षेत्रमा न्वागी खाने मेला लाग्ने गरेको छ ।
परापुर्व कालमा स्थानीयहरुले बाजागाजा बजाउने, भैलो तथा सोरठी गाएर मनाउने गरिएको यस पर्वलाई आजकल आधुनिकताले छोपेको बुढापाकाहले गुनासो गरेका छन् । ग्वालीचौरको खार बजारमा भएको प्रसिद्ध न्वागी पर्व बागलुङको ग्वालिचौर, जलजला, दगातुम्डाँडा तथा गुल्मीको पौँदीअमराई, नेटा, दोहोली क्षेत्रका नागरिकको सहभागिता रहने भएपनि यो न्वागी पर्व (मेला) बागलुङ र गुल्मीसंगै नेपालको पश्चिम क्षेत्रकै महत्वपूर्ण पर्वको रुपमा स्थापित भएको छ । न्वागी मेलामा ब्यापार, प्रदर्शन, खरेलकुद लगायत गरी एक सय ५ स्टलहरु रहेका छन । राष्ट्रिय कलाकारहरु मिना लामा तथा चिजा तामाङले भरपुर मनोरञ्जन प्रदान गरिरहेका छन् । मेलामा आयोजना गरिएको खुल्ला भलिबल प्रतियोगीतामा १८ समुहरुको सहभागीता रहेको छ ।